२ कार्तिक २०८३, सोमबार

एमाले स्थायी कमिटीको बैठक आज पनि, चार वटा प्रदेशका राष्ट्रियसभा उम्मेदवार छान्ने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ माघ । नेकपा एमालेले आज पनि स्थायी कमिटी बैठक बोलाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहान ११ बबजेदेखि बोलाइएको बैठकमा राष्ट्रियसभाका उम्मेदवारहरुको चयन मुख्य एजेण्डा रहेको छ ।

एमालेको सोमबारको बैठकले प्रदेश नम्बर ५, ६ र ७ को उम्मेदवारहरुको टुंगो लगाएको थियो । आजको बैठकले बाँकी प्रदेशका उम्मेदवारहरु टुंगो लगाउने बताइएको छ ।

एमाले-माओवादी कार्यदलले एमालेले २९ र माओवादीलाई १४ जना उम्मेदवार बनाउने गरी भागबण्डा गरेको थियो । सोही अनुसार, एमालेले आफ्नातर्फबाट उम्मेदवार बन्ने २९ जनाको नाम टुंगो लगाउन लागेको हो ।

निर्वाचन आयोगले माघ १० गते उम्मेदवार दर्ताको समय तोकेको छ ।