शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

नवराज सिलवालको बारेमा एमालेले के भन्यो ?

दैनिक नेपाल २०७४ माघ ८ गते २३:११

काठमाडौँ, ८ माघ । नेकपा एमालेले ललितपुरका नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवालका विषयमा औपचारिक रुपमै मुख खोलेको छ ।

एमाले स्थायी कमिटीको सोमबारको बैठकले सिलवालका सन्दर्भमा सरकारबाट चलिएका कदमप्रति ध्यानाकर्षण जनाएको हो ।

‘ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।’- बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीबाट जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ – ‘इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधि विरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्ष सहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।’

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नेपाल प्रहरीले सिलवाललाई तीव्र खोजी गरिरहेको छ । प्रहरीको कार्यसम्पादन मुल्यांकन किर्ते गरेको अभियोग उनीमाथि लगाइएको छ । सिलवालले भने सोको खण्डन गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित