
काठमाडौँ, ८ माघ । नेकपा एमाले स्थायी समितिको बैठक जारी छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा दिउँसो ३ बजेदेखि जारी बैठकमा राष्ट्रियसभा निर्वाचन, पार्टी एकता लगायतका छलफलमा जारी छ । राति १० बजेसम्मको अपडेट अनुसार, ७ घण्टादेखि चलिरहेको बैठक आज मध्यरातिसम्म पनि चल्ने देखिएको छ । आजै राष्ट्रियसभाका उम्मेदवारहरुको नाम तय गर्ने बताइएको छ ।

बैठकले प्रदेश संगठन कमिटीबाट प्राप्त सिफारिसका आधारमा राष्ट्रियसभाका उम्मेदवारहरुको नाम तय गर्न लागेको हो । एमाले(माओवादी कार्यदलले एमालेले २९ र माओवादीलाई १४ जना उम्मेदवार बनाउने गरी भागबण्डा गरेको थियो । सोही अनुसार, एमालेले आफ्नातर्फबाट उम्मेदवार बन्ने २९ जनाको नाम टुंगो लगाउन लागेको हो ।
निर्वाचन आयोगले माघ १० गते उम्मेदवार दर्ताको समय तोकेको छ ।















प्रतिक्रिया