३० आश्विन २०८३, शुक्रबार

थाइल्याण्डमा बम विस्फोट हुँदा तीन जनाको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकक, ८ माघ । दक्षिणी थाइल्याण्डको एक बजार इलाकामा सोमबार भएको बम विस्फोटमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

विस्फोटमा परी अन्य १८ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रायः अशान्त भइरहने यस दक्षिणी थाइल्याण्डमा के कति कारणबाट र कसले यो विस्फोट गराएको हो भन्ने बारेमा प्रष्ट भएको छैन ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या पनि बढ्न सक्ने सञ्चार माध्यमको अनुमान रहेको छ । –रासस/सिन्ह्वा