काठमाडौँ, ८ माघ । ललितपुरबाट प्रतिनिधि सभामा नियुक्त भएका नेकपा (एमाले)का सांसद तथा पूर्व डिआइजी नवराज सिलवालको अब इन्टरपोलले अन्तर्राष्ट्रिय रुपमा खोजी गर्ने भएको छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतबार नोटिस जारी गर्दै सिलवाल हाल देशभित्र नभएकोले अन्तर्राष्ट्रिय स्तर खोजी गर्न लागिएको बताएको छ । इन्टरपोलले सिलवाललाई ‘मोष्ट वान्टेड’को सूचीमा राखेर खोजी गर्ने जनाएको छ ।
अदालतले कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको विषयमा छानबिनको लागि सिलवाललाई खोजिरहेको छ । तर सिलवाल भने प्रहरीले छानबिन शुरु गर्नुअघि देखि नै उनी फरार छन् । सिलवाललाई पक्राउ गर्न देशभरी कै प्रहरी अलर्ट छन् ।















प्रतिक्रिया