काठमाडौँ, ७ माघ । पूर्वी तराईका शितलहर प्रभावितहरुलाई आइएमई फाउण्डेशनले न्यानो लुगा वितरण गरेको छ । फाउण्डेशनले सिरहा, सप्तरीका विभिन्न क्षेत्रहरुका शीतलहर प्रभावितहरुलाई ब्ल्याङ्केट वितरण गरेको हो ।
प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ फाउण्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–३, जम्दह र कल्याणपुर नगरपालिका–७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–९, मलेठ र खड्क नगरपालिका–३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको फाउण्डेशनले जानकारी गराएको छ ।
आइएमई फाउण्डेशनले सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको बताएको छ । आपतकालिन मानवीय सेवामा काठमाडौँस्थित पानीपोखरीमा रहेको फाउण्डेसन केन्द्रीय कार्यालयबाट खटिएका प्रतिनिधिहरुलाई राहत वितरणमा पूर्ण सहयोग गर्ने स्थानीय व्यवसायीक साझेदार, प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, ग्लोबल आइएमई बैंक शाखा कार्यालय राजविराज एवम् शुभेच्चुक शुभचिन्तक सबैप्रति आभार प्रकट गरेको छ ।
आइएमई फाउण्डेशन २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशनमार्फत गर्दै आएको छ ।















प्रतिक्रिया