काठमाडौँ, ७ माघ । नेकपा (एमाले)का सांसद एवम् पूर्व डिआईजी नवराज सिलवाललाई खोज्न ठूलो संख्यामा भट्टेडाँडा पुगेको प्रहरी फौज रित्तै फर्किएको छ ।
सिलवाललाई खोज्न महानगरीय प्रहरी कार्यालयले आईतबार बिहानै डिएसपी नहकुल पोखरेलको कमाण्डमा १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पगेपनि सिलवाललाई भेट्न भने असफल रह्यो ।
सिलवाललाई भट्टेडाँडामा फेला नपारेपछि प्रहरी टोली फर्किसकेको डिएसपी नहकुल पोखरेलले जानकारी दिए । उनी भट्टेडाँडामा रहेको खवर पाएको प्रहरीले उनलाई सर्च गर्न तुरुन्त त्यसतर्फ लागेको थियो ।
सर्वोच्च अदालतले सिलवालले कामसू कीर्ते गरेको र त्यसबारे अनुसन्धान थाल्न निर्देशन दिएपछि काठमाडौँ प्रहरीले उनसँग सोधपुछ गर्न उनलाई खोजिरहेको छ । सिलवाल भने प्रहरीको सम्पर्कमा आएका छैनन् ।















प्रतिक्रिया