२ कार्तिक २०८३, सोमबार

आरजुलाई सांसद बनाउने देउवाको सपना चकनाचुर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पत्नी आरजु राणा सांसद बन्ने एउटै बाटो थियो, राष्ट्रियसभा । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पत्निलाई राष्ट्रियसभामार्फत सांसद बनाउने योजनाले पनि फेल खाएको छ ।

हालसालै बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरुलाई राष्ट्रियसभामा नलैजाने निर्णय गरेको छ । यस्तो निर्णय भएसँगै राणा सांसद बन्ने बाटो बन्द भएको हो ।

वास्तवमा देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, रामशरण महत, डा. शेखर कोइरालालगायतलाई राष्ट्रिय सभामा ल्याउने र त्यही मौकामा पत्नि आरजुको पनि नाम सुटुक्क पसाउने तयारी गरेका थिए । तर चुनाव हारेका पौडेल र कोइराला समूहका अधिकांश नेताहरुले आफूलाई अहिले कुनै लोभ र मोह नभएको भन्दै पूराना तथा पाका नेताहरुलाई ल्याउन जोड दिएका थिए ।

राणा प्रतिनिधि सभामा पराजित भएपछि उनी प्रत्यक्ष रुपमा सांसद बन्न सकिनन् । कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी राणा एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन् ।