२ कार्तिक २०८३, सोमबार

ओली-प्रचण्ड भेटवार्ता, आजै हुनसक्छ महत्वपूर्ण निर्णय

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पार्टी एकताको मोडालिटीका विषयमा छलफल हुँदैछ ।

यसअघि शुक्रबार तीन घण्टासम्म वान टू वान भेटवार्ता गरेका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज निर्णायक छलफल हुन लागेको हो । एकताको मोडालिटी टुंगो लगाई दुवै पार्टीका शीर्ष नेता र पदाधिकारीको ब्यवस्थापनको बिषयमा सम्भवतः आजै निर्णय हुने एमालेका एक नेताले दैनिक नेपाललाई बताए ।

एमाले अध्यक्ष ओली र प्रचण्डबीच अहिले ओली निवास बालकोटमा बार्ता हुँदैछ । ओली र प्रचण्डमध्ये एक प्राधिकारसहितको सर्वोच्च नेता र अर्का अध्यक्ष हुने सम्भावना छ ।