
काठमाडौँ, ६ माघ । आगामी फेब्रअरी ८ देखि १५ सम्म सञ्चालन हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल आयोजक राष्ट्र नामिबियासँग खेल्ने भएको छ ।
नामिबियाले प्रतियोगिताको खेल तालिका शनिबार सार्वजनिक गरेको छ । डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमान गरी ६ राष्ट्रबीच प्रतिष्पर्धा हुँदैछ । सिंगल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायर खेल्ने अवसर पाउनेछन् ।















प्रतिक्रिया