२ कार्तिक २०८३, सोमबार

देउवाविरोधी जिल्ला सभापतिहरूको भेला भक्तपुरमा, को–को भए सहभागी ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । बाम गठबन्धनले बहुमत ल्याएपछि आत्तिएका नेपाली कांग्रेसका नेताहरूले गुटको भेला गर्न छाडेका छैनन् ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरोधी समूहका नेताहरूले गुटको बैठक र भेलाहरू गर्दै आएका छन् । यसैबीच, ३ नं. प्रदेशका जिल्ला सभापतिहरूले भक्तपुरमा गोप्य भेला गरेका छन् ।

भक्तपुरको वागमती क्लबमा प्रदेश नं. ३ का कांग्रेसका जिल्ला सभापतिहरूले निर्वाचनमा भएको हारका विषयमा छलफल गरेका हुन् । स्थानीय निकाय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसको हारका बारेमा छलफल भएको भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए ।

सभापतिहरूको भेलामा भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, काठमाडौंका सबुज बानियाँ, रसुवाका पेम्बा छिरिङ, मकवानपुरका इन्द्र बानियाँ, सिन्धुलीका उज्ज्वल बराल, रामेछापका लवश्री न्यौपाने, दोलखाका रुद्रबहादुर खड्का, सिन्धुपाल्चोकका विकास लामा, नुवाकोटका जगदीशनरसिंह केसी र काभ्रेपलाञ्चोकका मधु आचार्यको सहभागिता थियो ।