२ कार्तिक २०८३, सोमबार

अचानक ओलीलाई भेट्न किन पुगे उपराष्ट्रपति पुन ?

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवासमा शुक्रबार बिहान करिब आधा घण्टा भेटवार्ता भएको हो । भेटमा उपराष्ट्रपति पुनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको बारेमा चासो राखेका थिए । समसामयिक राजनीतिक बिषयमा समेत छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार, ओलीको स्वास्थ्यको विषयमा जानकारी लिन भन्दै ओली निवास पुगे पनि यो भेटवार्ता अर्थपूर्ण थियो । राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति पुनको कार्यकाल सकिँदैछ । तर, दोस्रो कार्यकालका लागि पनि आफूलाई दोहोर्याउन उनीहरुले तीव्र पहल गरिरहेका छन् ।

केही दिन अघि राष्ट्रपति भण्डारीले प्रचण्डको परिवारलाई बोलाएर डिनर खुवाएकी थिइन् । त्यो प्रचण्ड परिवारसँग सम्बन्ध सुधार्ने र राष्ट्रपतिमा आफूलाई फेरि दोहोर्याउन प्रचण्डलाई सकारात्मक बनाउनका लागि गरिएको ‘डिनर डिप्लोमेसी’ थियो ।

यसैक्रममा उपराष्ट्रपति पुन पनि एमाले अध्यक्ष ओलीलाई भेट्न उनकै निवासमा पुगेका छन् । उपराष्ट्रपति भएपछि पुन पहिलोपटक ओली निवासमा पुगेका हुन् । यसलाई राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यकाल थप्नका लागि गरेको कुटनीतिको रुपमा बुझिएको छ ।