काठमाडौं, ५ माघ । राष्ट्रपति कार्यालयले नव नियुक्त भएका प्रदेश प्रमुखहरूको सपथ शुक्रबार गराउने गरी तयारी गरेको छ ।
औपचारिक निर्णय नभएपनि आगामी आइतबारसम्म प-याउनुभन्दा शुक्रबार नै सपथ खुवाउनु राम्रो हुने विश्वास लिएर राष्ट्रपति कार्यालयले नवनियुक्त प्रदेश प्रमुखहरूको सपथका लागि समय तय गरेको स्रोतले जनाएको छ ।
आइतबार प्रदेश प्रमुखले सपथ लिँदा निर्वाचन आयोगले राष्ट्रिय सभाका मतदाताको सूची बनाउन समेत समस्या हुने भएकाले नै प्रदेश प्रमुखको सपथ हुन लागेको हो ।
प्रदेशमा केन्द्रीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुखलाई राष्ट्रपतिले सपथ खुवाउनुपर्छ । प्रदेश प्रमुखले प्रदेश सभा सदस्यलाई सपथ खुवाउने संवैधानिक व्यवस्था छ । सपथ खाएपछि उनीहरूको कार्यकाल सुरु हुन्छ ।
सरकारले १ नम्बर प्रदेशमा डा.गोविन्द सुब्बा, २ नम्बरमा रत्नेश्वरलाल कायस्थ, ३ नम्बरमा अनुराधा कोइराला, ४ नम्बरमा बाबुराम कुँवर, ५ नम्बरमा उमाकान्त झा, ६ नम्बरमा दुर्गाकेशर खनाल र ७ मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।















प्रतिक्रिया