५ कार्तिक २०८३, बिहिबार

राइनो ५०० डी फलामे डण्डीद्वारा सतुंगलमा टेक्निकल मिटको आयोजना

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टील्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ ।

उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिटको सञ्चालन गरिरहेको छ । यही क्रममा कम्पनीले सतुंगलमा पुस २१का दिन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको उपस्थितीमा टेक्निकल मिट सम्पन्न गरेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

‘राइनो ५००डी नयाँ पुस्ताको उच्च शक्ति र डक्टाइल रीब्ड रिइन्फोर्समेन्ट बार हो । उत्पादन प्रक्रिया र यसमा मिसाइने भौतिक तथा रसायनिक गुणका कारण राइनो अन्य फलामे डण्डीका तुलनामा फरक छ’, कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बाका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले भने, ‘एफई ५००डी ग्रेडको राइनो स्टिल फलामे डण्डीमा सल्फर र फोसफरसको मात्रा अधिकतम ०.०७५ प्रतिशतमा सिमित गरिएको छ । यसले गर्दा फलामे डण्डीलाई उच्च शक्ति र डक्टिलिटी प्राप्त हुन्छ ।’

यसमा रहेको डक्टिलिटी र शक्तिका कारण राइनो ५००डी फलामे डण्डी उच्च सिसमिक जोखिम सहितको नेपालमा प्रयोगका लागि उपयुक्त भएको कम्पनीेले जनाएको छ । यसले भुकम्पीय जोखिम न्यूनिकरण गर्नुका साथै भुकम्प प्रतिरोधी सुरक्षित निर्माणको सुनिश्चितता समेत प्रदान गर्ने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार राइनो ५००डी फलामे डण्डी नेपाल भरका एक्स्क्लुजिव विक्रि केन्द्र मार्फत ८ एमएम देखि ३२ एमएममा उपलब्ध छ । साथै, उपभोक्ताको माग तथा तिनका योजना अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा पनि फलामे डण्डी उपलब्ध गराउने गरेको छ ।

फेब्रिकेशनका क्रममा फलामे डण्डी खेर नजाओस् भन्ने सोचका साथ कम्पनीले यसलाई १२ मिटरको स्थिर लम्बाइमा उपलब्ध गराउने गरेको छ । उपभोक्ताले आफ्नो आवश्यता अनुसार ८एमएम देखि ४० एमएम आकारमा राइनो ५००डी खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।