काठमाडौं, ३ माघ । सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि नेकपा एमालेले कडा प्रतिक्रिया दिएको छ ।
एमालेका सचिव योगेश भट्टराईले पछि बन्ने सरकारले वर्तमान शेरबहादुर देउवा सरकारले गरेको निर्णयलाई उल्ट्याइदिन संकेत गरेका छन् ।
ट्वीट गर्दै सचिव भट्टराईले भनेका छन्, ‘अस्थायी स्थायी राजधानी र प्रदेश प्रमुखका बारेमा सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आबश्यक छैन । यो सरकारले नभएको अधिकार प्रयोग गर्यो, आउने सरकारले आफ्नो सम्बैधानिक अधिकार प्रयोग गर्छ । कुरा त्यत्ति मात्र हो ।’















प्रतिक्रिया