२ कार्तिक २०८३, सोमबार

प्रदेशको राजधानी तोक्न मन्त्रीहरुबीच नै लफडा, मन्त्रिपरिषद बैठक स्थगित

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । प्रदेशको राजधानी तोक्ने विषयमा मन्त्रीहरुबीचमै विवाद भएपछि मन्त्रिपरिषदको बैठक स्थगित भएको छ ।

बधुबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रीहरुबीच चर्काचर्की भएको हो । आफ्नो अनुकुलको स्थानलाई राजधानी बनाउनुपर्ने भन्दै बैठकमा धारणा राखेपछि केहीबेर वादविवाद नै भएको थियो ।

मन्त्रीहरुबीच नै विवाद भएपछि थप गृहकार्य गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् । प्रदेश प्रमुखमा भने छ जनाको नाम सिफारिस गरिएको छ । जसमध्ये ४ जना काँग्रेस र बाँकी ३ जना संघीय समाजवादी फोरम, राजपा र राप्रपाका छन् ।

बैठकमा थप परामर्श गर्नुपर्ने सुझाव आएपछि आजै दिउँसो ३ बजे पुनः बैठक बस्ने सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा नेपाली काँग्रेसका नेताहरु र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।