२ कार्तिक २०८३, सोमबार

सर्वोच्चले जेल सजायको फैसला गरेपछि दीपक मनाङेले के भने ?

62k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । सर्वोच्च अदालतले पाँच बर्ष जेल सजायको फैसला गरेपछि मनाङका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आश्चर्य व्यक्त गरेका छन् ।

नेपालमा जे फैसला पनि हुँदो रहेछ: मनाङे

सर्वोच्चको फैसला लगत्तै दैनिक नेपालसँग कुरा गर्दै मनाङले अदालतको फैसला सुन्दा आफू आश्चर्यमा परेको बताए। आफूले मिडियाबाट मात्र थाहा पाएको बताउँदै उनले अदालतको फैसला हेरेर निर्णय लिने बताए ।

‘चक्रे मिलनलाई खुकुरी हानेको भनेर सामान्य कुटपिटको मुद्दा थियो, त्यो मुद्दा पुनरावेदन पनि नभई कसरी म दोषी ठहर
भएँ होला, अचम्म लागेको छ । नेपालमा जे फैसला पनि हुँदो रहेछ’- मनाङेले भने ।

सर्वोच्चको फैसलापछि कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन व्यावसायीहरुसँग पनि परामर्श गरिरहेको उनले जानकारी दिए ।

कसरी भयो फैसला ?

दीपक मनाङ्गेको समूहले २०६१ सालमा मिलन चक्रेलाई तरबार हानेको विषयमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौँमा कर्तव्य ज्यानको मुद्दा चलाएको थियो । जिल्ला अदालतले मनाङ्गेलाई दुई वर्ष जेल सजाय सुनाएको थियो र गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने फैसला गरेको थियो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटनमा कर्तव्य ज्यान मुद्दामा नै पुनरावेदन गरेको थियो । पाटन अदालतले दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो भने अरू चार जनालाई काठमाडौँ अदालतको आदेशलाई सदर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले मनाङ्गे समूहका चार जनालाई पनि जेल सजायको माग गरी सर्वोच्च अदालतमा अन्तिम पुनरावेदन गरेको थियो । सहन्यायाधिवक्ता रेग्मीका अनुसार सर्वोच्च अदालतमा मनाङ्गेको नाममा पुनरावेदन गरिएको थिएन । मनाङ्गेको पुनरावेदन गर्ने समय पत्रिकामा प्रकाशित गरेको थियो तर मनाङ्गेले पुनरावेदन गर्ने समय सकिएपछि अदालतमा पेशी चढेको हो ।

न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार तत्कालिन अबस्थामा मनाङ्गेको समूहमा रहेका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिने २०६४ सालको पुनरावेदनकै फैसला सदर गरेको सहमहान्यायाधिवक्ता संजीवराज रेग्मीले जानकारी दिए ।