काठमाडौं, २ माघ । बाम गठबन्धनको सरकार बन्ने तयारी भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत यू होङ्गले एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकी छिन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालको डल्लुस्थित निवासमा मंगलबार बिहान भेटवार्ता भएको हो । नेता खनाल र राजदूत होङ्गबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, दुई देशवीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । भेटमा चिनियाँ राजदूत होङ्गले बाम गठबन्धनले बनाउँदै गरेको नयाँ सरकार र त्यसपछिको योजनाका विषयमा समेत चासो राखेको बताइएको छ ।
नेपाल–चीन सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने राजदूत यू होङ्गको धारणा थियो । जवाफमा एमालेका वरिष्ठ नेता खनालले नेपाल सधै चिनियाँ नागरिकको हितको पक्षमा रहेको बताएका थिए ।
राजदूत योङ्ग नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको क्षेत्रमा केन्द्रित हुने नेता खनालले बताएको नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।















प्रतिक्रिया