२ कार्तिक २०८३, सोमबार

एमाले र माओवादीबीच पार्टी एकीकरणको कुरा चलिरहेका बेला अर्को कम्युनिष्ट पार्टी जन्मियो

7.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ ।

वामपन्थी नेता निर्मल लामाको जन्मजयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् ।

नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताए ।

पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो ।

दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको कुरा चलिरहेका बेला अर्को नयाँ दल जन्मिएको छ ।