काठमाडौँ, १ माघ । नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गतको बालाजू अटोवर्कसले २४ गते बाटमहिन्द्रा फोर ह्वील गाडीहरुको लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ गरिएको फ्रि सर्भिसिङ क्याम्प सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त क्याम्प गत पुस २४ देखि २८ गतेसम्म सञ्चालन गरिएको थियो । यो योजनामा निःशुल्क सर्भिसिङको साथसाथै स्पेयर पार्ट्स, लुब्रिकेन्ट, तथा अन्य एसोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको थियो । कम्पनीले स्पेयर पार्ट्स खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एसोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको थियो ।
साथै यस सर्भिस क्याम्पमा ग्राहकहरुलाई निःशुल्क स्वास्थ्य सेवा पनि प्रदान गरिएको थियो । जसमा आँखा, ब्लड प्रेसर, सुगर तथा अन्य साधारण उपचारका सेवाहरु प्रदान गरिएको थियो ।
यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ प्रकारले जाँच गरेका थिए । सो सर्भिस सेवामा सयौँको संख्यामा महिन्द्राधनीहरुको उपस्थिति रहेको थियो । बिक्री पछिको उत्कृष्ट सेवाले गर्दा ग्राहकहरुलाई अन्तर्राष्ट्रिय ब्रान्ड एक्पेरियन्स प्राप्त भएको छ ।















प्रतिक्रिया