२ कार्तिक २०८३, सोमबार

मेडिकल माफियालाई सर्वोच्चले दियो झट्का, एमबीबीएस आरक्षणमा यस्तो बन्दै थियो योजना

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । एमबीबीएसको आरक्षित सिटलाई सहुलीयतमा परिणत गर्ने चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आन्तरिम आदेश दिएको छ ।

आईओएमले २५ पुसमा आरक्षित सिटका लागि निर्धारण गरेको मापदण्ड पूरा नभएको भन्दै सहुलियत सिटमा परीणत गरी ओपन होउस काउन्सिलिङमार्फत भर्ना गर्ने सूचना प्रकाशित गरेको थियो । त्यसविरुद्ध अजयकुमार पासी सर्वोच्च गएका थिए ।

रिटमा प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको इजलासले आइतबार शिक्षा मन्त्रालय, आईओएम लगायतका विपक्षीसँग लिखित जवाफ मागेको छ ।

माघ ७ गते दुबै पक्षलाई बहसमा बोलाउँदै त्यस अवधिसम्म आईओएमको सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।