
एजेन्सी । फेसबुकका मालिक मार्क जुकरबर्गले एकैदिनमा साँढे ३ बिलियन डलर गुमाएका छन् ।
जुकरबर्गले फेसबुकलाई न्यूज फिडमा परिर्तवन गर्ने घोषणा गरेकै दिन शुक्रबार उनलाई ठूलो झट्का लागेको हो । उनले ३.३ बिलियन गुमाउनु मात्रै परेन, विश्वका धनीहरुको सूचीबाट कम स्थान तल झरेका छन् ।
फेसबुकका मालिक जुकरबर्गले व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टलाई कम महत्व दिई अब न्यूज फिडमा परिर्तवन स्टाटस लेखेका थिए । त्यही स्टाटसका कारण फेसबुकको शेयर मूल्यमा ४.५ प्रतिशतले गिरावट आएको ब्लूमबर्ग न्यूजले जनाएको छ ।
फेसबुकको मूल्य ७७.८ बिलियनबाट घटेर एकैदिन ७४ बिलियनमा झरेको हो । उनी विश्वका अर्बपतिहरुको सूचीमा पनि एक स्थान तल झरेका छन् । जुकरवर्गलाई स्पेनिस अमानसियो ओर्टेगाले उछिनेका छन् ।















प्रतिक्रिया