
काठमाडौँ, २८ पुस । सरकार र अनशनरत शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीबीच पाँच बुँदे सहमति भएको छ ।
पाँच दिनदेखि आमरण अनशन बसिरहेका केसीले सरकारसँगको सहमतिसँगै शनिबारबाट अनशन त्याग्ने भएका छन् । शिक्षा मन्त्री दीपक बोहोरासँग शुक्रबार साँढे ७ बजे भएको वार्ता सहमतिमा पुगेपछि डा. केसी अनशन तोड्न सहमत भएका हुन् ।
केसीको माग बमोजिम सरकारले ७ दिनभित्र चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति गठन गर्ने भएको छ ।
डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै अनसन थालेका थिए । तर, पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको काम हुने भएकाले सरकारी टोलीले केसीलाई अनशन तोड्न आग्रह गरेका थिए ।
यस्तो छ सहमतिपत्रः
















प्रतिक्रिया