५ कार्तिक २०८३, बिहिबार

चेम्बर अफ कमर्शका अध्यक्षमा फेरि राजेशकाजी श्रेष्ठ, को-को निर्वाचित भए ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ पुस । नेपाल चेम्बर अफ कमर्शका अध्यक्षमा राजेशकाजी श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ ।

चेम्बरको आज यहाँ सम्पन्न ६७ औँ वार्षिक साधारणसभाबाट नयाँं कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल तथा उपाध्यक्षमा कमलेशकुमार अग्रवाल (वाणिज्य), महेन्द्रमान श्रेष्ठ (उद्योग), दीपककुमार मलहोत्रा (जिल्ला, नगर), इच्छाराज तामाङ (वस्तुगत), नरेश श्रेष्ठ (संस्थागत) र भाष्करराज राजकर्णिकार (विशिष्ट मानार्थ) सर्वसम्मत चुनिनुभएको छ ।

मुलुक संघीय संरचनामा गएसँगै चेम्बरको सांगठनिक संरचना पनि त्यहीअनुसार भएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । सात प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउद केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिमा थप ५० जना निर्वाचित भएको चेम्बरले जनाएको छ । रासस