५ कार्तिक २०८३, बिहिबार

खोटाङको यातायातले सुरु ग-यो जिप सेवा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २८ पुस । पुर्वको पशुपतिनाथको जिल्लाभनेर चिनिने खोटाङको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । खोटाङ यातायात व्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरीयो । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजित नारायण सिंह र खोटाङका प्रतिनिधि सभा सदस्य विशाल भट्टराईले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा खोटाङका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताए र भविष्यमाअझ गाडी थप्दै सेवा विस्तार गरीने बताए ।