२ कार्तिक २०८३, सोमबार

एमाले–माओवादीको संयुक्त कार्यदलको बैठक सिंहदरबारमा, यस्ता छन् एजेण्डा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक शुक्रबार बस्दैछ।

बिहान ११ बजे सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बस्ने बैठकमा दुई पार्टीबीच एकताका बारेमा खाका तयार गर्नेबारे छलफल हुनेछ।

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव सदस्य छन् । बैठकमा राष्ट्रिय सभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाका लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

दुबै दलको कार्यदलले हिजो आ–आफ्नो दलमा आन्तरिक छलफल गरेको थियो । कार्यदलले सहमति जुटाएका बिषय एकता संयोजन समितिमा बुझाउने छ ।