५ कार्तिक २०८३, बिहिबार

करेण्ट मनोरञ्जन मेला पुस २९ गते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ पुस । यशोदा फुड्स प्रालि अन्तर्गतको करेण्ट तयारी चाउचाउले करेण्ट मनोरञ्जन मेलाको आयोजना गर्ने भएको छ । मेला सुगम पेट्रोल पम्प बिर्तामोड झापामा पुस २९ गते दिउँसो १२ बजेदेखि सञ्चालन हुने आयोजकले विज्ञप्ति मार्फत जानकारी दिएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ ।

मेलामा प्रसिद्ध लोकप्रिय गायकहरु राजेश पायल राई, सविन राई तथा गायिका मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डले आफ्नो रोचक प्रस्तुति पस्कने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । साथै, लोकप्रिय हाँस्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रुलगायत अन्य थुप्रै कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुतिका साथ सहभागिलाई मनोरञ्जन प्रदान गर्नेछन् । मेलामा उपस्थितहरुको मनोरञ्जनका लागि मेला स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।