२ कार्तिक २०८३, सोमबार

कांग्रेसका मन्त्रीकै नेतृत्वमा देउवाविरुद्ध सभापतिहरूको भेला, बन्यो नयाँ योजना

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी नेतृत्वविरुद्ध गोप्य भेला गरेको रहस्य बाहिरिएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा बुधबार नेपाली कांग्रेसका ३२ जिल्लाका सभापतिहरूले गोप्य भेला गरेका हुन् । उनीहरूले पार्टी सभापति र नेतृत्वमा रहेका केही नेताहरूका कारण कांग्रेसको पराजय भएको भन्दै विशेष महाधिवेशन माग गरेको स्रोतले जनाएको छ ।

भेलामा सिचाइँमन्त्री सञ्जयकुमार गौतम पनि सहभागी थिए । गौतम रामचन्द्र पौडेल समूह निकटका मानिन्छन् ।

भेलामा सिन्धुपाल्चोक, बर्दिया, कैलाली, मनाङ, मुस्ताङसहित ३२ जिल्लाका सभापतिहरूको सहभागिता रहेको थियो । भेलामा के–के विषयमा छलफल भएको थियो सो विषयमा आधिकारिक रुपमा केही बताइएको छैन ।

स्रोतका अनुसार भेलामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा भएको कांग्रेसका पराजय र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो ।