१४ कार्तिक २०८३, शनिबार

बढुवाको तनावले आईजीपी विदामा

11k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एसएसपीहरुको बढुवामा संख्या थप गर्न दबाब दिएपछि तनावमा परेका प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल विदामा बसेका छन् ।

प्रहरीमा चार जना डिआईजीको पद रिक्त रहेको अवस्थामा प्रधानमन्त्री पत्नी आरजु राणाको दवाव थेग्न नसकेपछि देउवाले संख्या नै थपेर नौ जना एसएसपीलाई डिआईजीमा बढुवा गराउन खोज्दा आईजीपी अर्यालले अस्वीकार गरेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

अर्याल पछिल्लो समय शारिरिक रुपमा अस्वस्थ्य समेत बनेका छन् र तनाव छल्न उनी विदामा बसेको हेडक्वार्टर स्रोतले बतायो । अर्याल विदामा बसेपछि एआईजी बमबहादुर भण्डारी निमित्त आईजीपी बनेका छन् । एसएसपीहरु केदार रिजाल, पिताम्बर अधिकारी, शेरबहादुर बस्नेत, दीपक थापा, श्यामबहादुर खत्री, दानसिंह बोहोरा, दिनेश अमात्य, सुवास चौधरी, रविन्द्र शर्मा र सुशील भण्डारी डिआईजी बढुवाका आकांक्षी हुन् ।

यिमध्ये अमात्य र चौधरीले आरजुमार्फत बढुवामा आर्थिक चलखेल गरेको थाहा पाएपछि आईजीपी अर्याल उनीहरुसँग रुष्ट बनेका छन् ।

बढुवामा कार्यदक्षता र योग्यताको मापदण्ड भन्दा पनि आरजुले पैसालाई नै प्राथमिकतामा राखेर संख्या बढाउन लागेपछि प्रहरीमा रडाको मच्चिएको हो ।