काठमाडौँ, २६ पुस । आइएमई लाइफइन्सोरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा बुधबार लैनचौर भएको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष डा. रामहरी अर्यालले देशभर प्रधान कार्यालयसहित ४० वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सञ्चालनमा आई सबै शाखा कार्यालयहरुबाट ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दे आएको जानकारी गराए ।
कम्पनीले आम मानिसको पहुँच हुने खालको १० प्रकारको स्तरीय तथा लाभदायक बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको र भविष्यमा अझ बढी लाभदायक र नविनतम् बीमा योजनाहरु ल्याउने बताए । कम्पनीमा हालसम्म आबद्ध रहेका १ हजार २५४ अभिकर्ताहरुलाई उत्प्रेरित जागरुक र प्रतिस्पर्धी बनाइ व्यवसायमा सक्रिय रुपले सहभागी हुने गरि प्रविधि र सफ्टवयेरलाई उच्चतम् प्रयोग गराई सम्पुर्ण शाखाहरुबाट बीमालेख जारी गर्दै आइरहेको बताए ।
उक्त वार्षिक साधारण सभाले संचालक समितिबाट प्रस्तुत वार्षिक लेखा परीक्षण प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७३/७४ को वासलात तथा हिसाव समेत स्वीकृत गरेको छ । सो सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा डा. रामहरि अर्याल, इश्वर कुमार कार्की, दिपचन्द्र रेग्मी, संजय अधिकारी तथा विज्ञ स्वतन्त्र सञ्चालकको रुपमा अश्विनीकुमार ठाकुरलाई निर्वाचित गरेको छ ।
नवनिर्वाचित संचालकहरुले बुधबार नै पदवहाली तथा शपथ ग्रहण गरेका छन् । बुधबार नै बसेको संचालक समितिको बैठकले डा. अर्याललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन समेत ग-यो । नियमनकारी निकाय बीमा समितीको प्रावधानअनुसार २०७५ साल अषाढ मसान्तसम्मको चुक्ता पूँजी कम्तीमा २ अर्ब पु-याउनु पर्ने प्रावधानअनुरुप सर्वसाधारणलाई शेयर जारी गरी पूजी बृद्धि गर्ने जानकारी गराए ।















प्रतिक्रिया