२ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री र राष्ट्रियसभा सदस्य छान्न एमाले र माओवादीले बनाए ४ वटा मापदण्ड, के-के छन् ?

43.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । मुख्यमन्त्री र राष्ट्रियसभा सदस्य छान्न नेकपा एमाले र माओवादी केन्द्रले चार वटा मापदण्ड बनाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा एमाले अध्यक्ष ओलीको निवास बालकोटमा बसेको कार्यदलको पहिलो बैठकमा दुई अध्यक्षहरुले चार वटा मापदण्डमा आधारित भएर काम अघि बढाउन निर्देशन दिएका छन् ।

यस्तो छ मापदण्ड
१) स्थानीय तहहरुको प्रमुख/उपप्रमुखमा दुबै दलले प्राप्त गरेको संख्या
२) दुबै दलबाट राष्ट्रियसभा/प्रदेश सरकारमा पठाइने व्यक्तिको कार्यक्षमत्ता
३) राजनीतिक र सामाजिक सन्तुलन
४) दुबै पार्टीको एकताको भावना

दुई पार्टीका अध्यक्षहरुले तोकेको निर्देशनमा आधारित रही कार्यदलले गृहकार्य गर्ने कार्यदलको सदस्य रहेका एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए ।

पार्टी एकता संयोजन समितिको बैठकले मंगलवार प्रदेश सरकार गठन र राष्ट्रियसभा चुनावका विषयमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा एमालेको तर्फबाट सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव छन् ।

एमाले महासचिव ईश्वर पोखरेल पनि सहभागी भएको बुधबारको पहिलो बैठकमा पाण्डे र यादव उपत्यकाबाहिर भएका कारण भाग लिन पाएनन् ।