२ कार्तिक २०८३, सोमबार

बामदेव गौतमलाई हराएको आरोप लागेपछि एमाले नेता अर्यालले दिए कडा जबाफ

18.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ पुस । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पराजित भएको विषयमा छानबिन जारी नै रहेको बेला बर्दियाका एमाले नेता दामोदर अर्यालले कडा शब्दमा जबाफ दिएका छन् ।

गौतमलाई हराउन भन्दै छानबिनको घेरामा राखिएपछि एमाले नेता अर्यालले सामाजिक सञ्जालबाट जबाफ दिएका हुन् । एमाले उपाध्यक्ष गौतमको नाम नै उल्लेख नै नगरी उनले भनेका छन् -‘म ३५/३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभाबित भएर कम्युनिस्ट आन्दोलनमा समाहित भए, तिमी कहिलेदेखि लाग्यौं ? मलाई मतलब छैन । म आजसम्म लाभको पदमा पुगेको छैन, तिमी राज्यको कुन कुन पदमा पुग्यौ ? त्यो पनि मेरो सरोकारको विषय होइन । म लाभको पदमा नपुगेकोमा तिमीलाई आनन्द लाग्ला । तर तिमीलाई एउटा जानकारी दिउँ, कसैको निगाह मेरा लागि विषतुल्य छन् । मेरो सरोकार तिमिसँग यत्ति हो, मेरो परिवार, समाज,रास्ट्र,देशभक्ति र पार्टीप्रतिको निष्ठामा शंका गर्ने अधिकार तिमीलाई छैन ।’

उनले एमाले उपाध्यक्ष गौतमलाई सोधेका छन् – ‘तिमीलाई एउटा प्रश्न गरुँ ? म कसैको अलोकप्रियताको भारी कसरी बोक्न सक्छु ? म ठूलो मान्छे नहुँला । तर मलाई गौरव छ, म जनताबाट तिरस्कृत छैन् ।’

नेता अर्यालको जबाफ

एमाले उपाध्यक्ष गौतमले अर्याल लगायतका नेताहरुका कारण आफू हारेको बताउँदै आएका छन् । अर्याल नेकपा एमालेको युवा तथा खेलकुद केन्द्रीय विभागका सचिव हुन् ।

एमाले उपाध्यक्ष गौतमको हारको विषयमा दुई वटा छानबिन समिति बनेको छ । एमाले केन्द्रको निर्देशनमा प्रदेश कमिटीले वैजनाथ चौधरी नेतृत्वमा एउटा कमिटी बनाएको छ भने बाम गठबन्धनको तर्फबाट जिल्ला तहमा एमाले बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवालीको संयोजकत्वमा अर्को समिति बनेको छ । समितिको सदस्यमा माओवादी केन्द्रका भवनकुमार थारु छन्।

बर्दियामा कांग्रेस, राप्रपा, फोरम लोकतान्त्रिक र संघीय फोरम एकातिर हुँदा पनि बाम गठबन्धन ३१ हजार ४० मतले अगाडि थियो। तर, एमाले उपाध्यक्ष गौतम सिचाइँ मन्त्री समेत रहेका काँग्रेस बर्दियाका सभापति सन्जयकुमार गौतमसँग ७ सय ५३ मतको अन्तरले पराजित भए । उनको आश्चर्यजनक हारलाई लिएर अहिले पार्टीभित्र अनेक कोणबाट बहस र विश्लेषण गरिएको छ ।