५ कार्तिक २०८३, बिहिबार

अग्नि मोटोले घोषणा ग-यो बम्पर उपहार विजेताको नाम

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, पुस २५ गते । महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्नि मोटो इन्कले लक्की ड्रमार्फत रानीहार विजेताको नाम सार्वजनिक गरेको छ ।

थाइल्याण्ड भ्रमणको लागि बम्बर विजेता कुपन नम्बर ९९७ हेटौँडाका कल्पना दाहाल तथा कुपन नम्बर ००१ धारी विर्तामोडका मन्जु खरेल रहेको अग्नि माटोले जनाएको छ । बम्पर विजेताको परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमण गर्नेछन् । त्यस्तै, १५ औँ दिनको अन्तिम रानिहार विजेता मध्यविन्दुका कुपन नम्बर ९४९ धारी दल बहादुर खत्री भएको कम्पनीले बताएको छ ।

अग्निमोटो इन्कले दसैँ, तिहार तथा छठ चाडपर्वको अवसरमा ‘सुनै सुनको वर्षा, रानीहारसँगै बिदेश यात्रा’ योजना प्रस्तुत गरेको थियो । योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो ।

लक्की ड्रको घोषण महिन्द्रा टु ह्वीलरको अफिसियल फेसबुक पेज https://www.facebook.com/MTWLNepal मार्फत पनि हेर्न सकिन्छ ।