काठमाडौं, २५ पुस । एलिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड चाबहिलले आफ्नो सेवालाई उपभोक्ताको चाहनाअनुसार अगाडि बढाउने प्रतिवद्धता जनाएको छ ।
चुच्चेपाटीस्थित पासाङ ल्हाम्हुको शालिकबाट एभरेष्ट बैंक नजिकै कार्यालय सरेको एलिको बचत तथा ऋण सहकारी संस्थाले ग्राहकलाई छिटोछरितो सेवा दिनका लागि सधै सक्रिय रहने जनाएको छ ।
एलिको सहकारीलाई सोमबार विशेष कार्यक्रम गरेर सारिएको थियो । सो कार्यक्रममा पूर्वमन्त्री एवम् एमालेका नेता बद्रीप्रसाद न्यौपानेसहितका नेताहरूको उपस्थिति रहेको थियो ।
सहकारीका अध्यक्ष नारायण घोरासैनीले पहिलाको कार्यालयमा सेवा दिन केही प्राविधिक समस्या भएकाले नयाँ ठाउँमा सरेको बताए ।
‘हामीले ग्राहकको सुझाव र सल्लाहअनुसार सेवा दिँदै आएका छौँ’, उनले भने, ‘पहिलाको कार्यालय भएको स्थानभन्दा अहिलेको नयाँ स्थानबाट सेवा दिन अझै सजिलो हुनेछ ।’
०६६/६७ सालमा स्थापना भएको एलिको बचत तथा ऋण सहकारी संस्थाले बैंकिङ कारोबार पनि गर्दै आएको छ । ‘छरिएर रहेको थोरै पैसालाई संकलन गरेर सर्वसाधारणको कारोवारमा लगानी गर्दै आएका छौँ’, अध्यक्ष घोरासैनीले बताए ।















प्रतिक्रिया