५ कार्तिक २०८३, बिहिबार

अष्ट्रेलियन एड्मिसन डे जनवरीमा आयोजना हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । विद्यार्थीलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल ।

एईसीसीले लामो समयदेखि विद्यार्थीको भविष्यका लागि शैक्षिक तथा ब्यक्तिगत विशेषताका आधारमा विभिन्न देशका ईम्मिग्रेसन पोलिसी, कोर्षका लागि सहि सल्लाह सुझाव, विश्वविद्यालय तथा तिनका लागि उपयुक्त देशका बारेमा परामर्श प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको बर्षमा कम्तिमा दूई पटक आयोजना गर्दै आएको छ ।

गत बर्ष संस्थाद्वारा आयोजित अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए ।

यस पटक संस्थाले अष्ट्रेलियन एड्मिसन डे ज्यानुअरी २०१८ जनवरी १६, १८ र १९मा आयोजना गर्ने तयारी गरेको छ ।

अष्ट्रेलियन डेको आयोजना काठमाडौं (होटल याक एण्ड यती), चितवन (भरतपुर गार्डेन रिसोर्ट) र पोखरा (होटल पोखरा ग्राण्डे)मा बिहान १० देखि बेलुकी ५ बजेसम्म आयोजना हुने जानकारी दिइएको छ ।

समारोह काठमाडौंमा आयोजना हुने अष्ट्रेलियन डेमा ३० कोर्षका प्रदायक र पोखरा तथा चितवनमा भने ११ कार्ष प्रदायकको सहभागिता रहने जानकारी विज्ञप्ति मार्फत दिइएको छ ।