काठमाडौँ, २४ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स स्मार्ट बैंकिङ’ सेवाको सुरुवात गरेको छ । पुरानो मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरी नयाँ प्रविधिमा आधारित मोबाइल बैंकिङ सेवा ‘सिटिजन्स स्मार्ट बैंकिङ’को सुरुवात गरेको बैंकले सोमबार जानकारी दिएको छ ।
यस नयाँ प्रविधिको मोबाइल बैंकिङ सेवाबाट कारोबार गर्दा अझ सुरक्षित हुनुका साथै विश्वको जुनसुकै कुनाबाट जीपीआरएक वा वाईफाईको प्रयोग गरेर समेत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाको प्रयोग गरेर रिर्चाज कार्ड किन्न, बिजुली, टेलिफोन, एडिएसल आदिको बिल भुक्तानी गर्न, बैंकको एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न, स्कुल, कलेज आदिको शुल्क तिर्न साथै क्रेडिट कार्डको रकम भुक्तान गर्न समेत सकिने बैंकले बताएको छ ।
हाल एण्ड्रोइड मोबाइल प्रयोगकर्ताको लागि प्लेस्टोरमा सिटिजन्स स्मार्ट बैंकिङ एप उपलब्ध रहेको र आईफोन प्रयोगकर्ताको लागि केही समय पश्चात यो सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।















प्रतिक्रिया