काठमाडौँ, २३ पुस । नेपालको लागि महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले सोमबारबाट महिन्द्रा फोर ह्वील गाडीहरुको लागि नेपाल अधिराज्यभर रहेका कम्पनीका आधिकारिक वर्कसपहरुबाट एकैसाथ फ्रि सर्भिसिङ्गको व्यवस्था मिलाएको छ ।
महिन्द्रा फ्रि मेगा सर्भिस क्याम्प योजना यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन गरिंदै छ । यो योजनामा निःशुल्क सर्भिसिङ्गका साथसाथै स्पेयर पार्ट, लुब्रिकेन्ट, तथा अन्य एक्सोसरिजहरुमा पनि विशेष छुटको व्यवस्था मिलाइएको जनाइएको छ । कम्पनीले स्पेयर पार्टस खरिदमा १२ प्रतिशत, लुब्रिकेन्टमा १५ प्रतिशत तथा एसोसरिजहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ ।
यो मेगा सर्भिस क्याम्पमा महिन्द्रा गाडीलाई दक्ष प्राविधिकहरुले गाडीका विभिन्न ७५ जाँच गर्नेछन् । यो फ्रि सर्भिसिङ्ग सेवाको लागि ग्राहकहरुले आफ्नो नजिकै रहेको महिन्द्राको आधिकारिक वर्कसपमा सम्पर्क राखी बुकिङ्ग गर्न सक्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले टोल फ्रि नम्बरहरु १६६००-१००-२०० तथा एनसेल प्रयोगकर्ताहरुको लागि ९८०१५७१२१२ मा सम्पर्क गरी थप जानकारी पाउन सकिने व्यस्था मिलाइएको छ ।















प्रतिक्रिया