काठमाडौँ, २३ पुस । सिभिल बैंक लिमिटेडले मोरङको विराटचोकमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकको मर्जरबाट प्राप्त भएको शाखासहित ईटहरीमा भएको दुई शाखामध्येको एक शाखालाई स्थानान्तरण गरी विराटचोकमा संचालनमा ल्याईएको बैंकले आइतबार जानकारी दिएको छ ।
सिभिल बैंकका सञ्चालक प्रा.डा. रमेश दाहालले उक्त शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सो क्षेत्रका उद्योगी व्यवसायीलगायत सर्वसाधरणको उपस्थिति थियो । सिभिल बैंकले सामाजिक उत्तरदायित्व वहन सँगसँगै ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी बैंकका सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बताएको छ । बैंकको पहुँचलाई विस्तार गरी व्यवसाय अभिबृद्धि गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
बैंकले पहिलो वर्षको यसै अवधिको तुलनामा ६७९.१८ प्रतिशत बृद्धि गर्दै चालु आर्थिक वर्षको प्रथम चौमासमा ११ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले शेयरधनीहरुलाई ४० प्रतिशत हकप्रद शेयरको निश्कासन गरीसकेको छ । हकप्रद शेयर वितरण पश्चात बैंकको पुँजीकोषमा रहेको रकम र गत आर्थिकवर्षको नाफाबाट बैंकको चुक्तापुँजी ८ अर्ब पु-याउने योजना बैंकले बनाएको छ ।















प्रतिक्रिया