काठमाडौं, २३ पुस । हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ । शुक्रबार काठमाडौंको पाँचतारे सोल्टी होटेलमा सम्पन्न उक्त समारोहमार्फत शिवम् सिमेन्ट लिमिटेडले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई नेपाल भरिका करिब ५०० डिलरहरुकाबीच विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो ।
मनोरञ्जनले भरिपूर्ण उक्त समारोहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको थियो । राष्ट्रिय कलाकारहरुमा स्वस्तिमा खड्का, हेमन्त राना, कार्टुन क्रुज जस्ता लोकप्रियनामहरु समावेश थिए भने अन्तर्राष्ट्रिय कलाकारमा भारतीय सुपरिचित हास्यवंग्य कलाकार डा. महसुर गुलाटी अर्थात सुनिल ग्रोबरको प्रस्तुती रहेको थियो । उक्त समारोहलाई संचालकद्धय नरेश भट्टराई तथा रिमा विश्वकर्माले निकै रोचक शैलीमा पस्केका थिए ।
उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र्र कुमार गोयलले आफ्ना सम्पूर्ण बिक्रेता तथा डिलरलाई अझ मेहनत गरी लगनका साथ शिव्म सिमेन्टलाई नेपालको मात्र नभई दक्षिण एसिया कै न १ सिमेन्ट बनाउनका लागि आह्वान गर्नुभएको थियो । त्यसैगरी उक्त कार्यक्रमका नेशनल डाईमण्ड अवार्ड विजेता सोहन मुरर्काले यस्तो कार्यक्रमहरुको आयोजनाले डिलर्सहरुलाई थप उत्साहित बनाउने र भविष्यमा दिगो मेहनत गर्न प्रेरित गर्ने बताउनुभयो ।
















प्रतिक्रिया