काठमाडौँ, २२ पुस । रेफ्रिलाई दुर्व्यवहार गरेपछि इंग्लिस क्लब आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरमाथि तीन खेलमा टचलाईन प्रतिबन्ध लागेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गत आइतबार राति भएको वेष्ट ब्रोसँगको खेलपछि रेफ्रीको चेन्जिङ रुममा खेल भावना विपरित व्यवहार गरेको भन्दै फुटबल एसोसिएशन (एफए)ले उनीमाथि तीन खेलमा प्रतिबन्ध लगाउनुको साथै ४० हजार पाउण्ड जरिवानासमेत लगाएको छ ।
एसोसियशनले भनेको छ, ‘वेङ्गरले रेफ्रि डिनप्रति प्रयोग गरेको भाषा र गरेको व्यवहार अपमानजनक, अनुचित तथा निष्ठामाथि प्रश्न गर्ने खालको छ ।’
वेङ्गरले रेफ्री माइक डिनलाई गरेको व्यवहार अपमानजन र अनुपयुक्त रहेको स्वीकार गरेका छन् । रेफ्री डिनले ८९ औँ मिनेटमा क्यालुम क्याम्बर्सको ह्याण्डमा वेष्ट ब्रोमलाई पेनाल्टी दिएपछि आक्रोशित बनेका वेङ्गरले उनलाई दुर्व्यवहार गरेका थिए ।















प्रतिक्रिया