काठमाडौं, २२ पुस । एनसेलले आफ्ना ग्राहक तथा शुभ चिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइलब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन/फोरजीको अनुभवप्रदानगर्न, शनिबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला २०७४ आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला बुटवलमा आयोजनागर्न लागिएको हो ।
गीत/संगीत लगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६.३० सम्म चल्नेछ ।
चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र स्याडोजले मेलामा सहभागी सबै दर्शकलाई आ-आफ्ना प्रस्तुतीहरु मार्फत भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।
एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । स-साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ ।
त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहनेछन् ।
मेलाको अरु आकर्षणहरुमा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् ।
फोरजीथिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।
यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।
एनसेलका अनुसार, पोखरा र विराटनगरका दर्शक तथा आगन्तुकहरुको अपार माया पाएर भव्य रुपमा सफल भएको एनसेल मेलाले बुटवलमा पनि दर्शकहरुलाई आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदान गर्दै पूर्णरुपमा मनोरञ्जन प्रदान गर्ने विश्वास लिईएको छ ।
पोखराबाट शुरु भएको यो मेलापुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।















प्रतिक्रिया