काठमाडौँ, २१ पुस । एनसेलले ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न शनिबार (पुष २२) बुटवलको सिद्धेश्वरी मैदान दीपनगरमा एनसेल मेला–२०७४ आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्य रुपमा आयोजना गरेपश्चात यो मेला बुटवलमा आयोजना गर्न लागिएको हो ।
गीत संगीतलगायत विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई साँझ साढे ६ वजेसम्म चल्नेछ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र स्याडोजले मेलामा सहभागी सबै दर्शकलाई आफ्ना प्रस्तुतीहरु मार्फत भरपुर मनोरञ्जन लिन पाउनेछन् ।
एनसेल मेलामा सहभागी हुने सबै उमेर समुहका दर्शकहरुलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । स–साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु पनि रहने एनसेलले जनाएको छ ।
मेलाको अरु आकर्षणहरुमा जादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्सहरु, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । यसका साथै मेलामा रोडिजका विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको पनि सहभागीता हुनेछ । मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्ने एनसेलले बताएको छ ।
एनसेलका अनुसार, पोखरा र विराटनगरका दर्शक तथा आगन्तुकहरुको अपार माया पाएर भव्य रुपमा सफल भएको एनसेल मेलाले बुटवलमा पनि दर्शकहरुलाई आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदानगर्दै पूर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने विश्वास लिइएको छ । पोखराबाट शुरु भएको यो मेला पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना भएपश्चात समापन हुनेछ ।















प्रतिक्रिया