काठमाडौं, २१ पुस । जापानको सुजोवकामा भएको तेश्रो सिजुओका अन्तर्राष्ट्रिय फ्रेन्डसिप सिन क्योकुसिन कराते खुला प्रतियोगिताका पदक विजेता खेलाडीलाई नेपाल सिन क्योकुसिन कराते संघले बिहीबार सम्मान गरेको छ ।
गत अक्टोबर २७ देखि २८ तारिखमा भएको प्रतियोगिताको १५ वर्षमुनि डिसान तामाङले रजत जितेका थिए । त्यस्तै पुरुष ७० केजीमाथि रामहरि आले मगर उत्कृष्ट खेलाडी चुनिएको संघका महासचिव एवं नेपालका लागि ब्रान्च चिफ सूर्यबहादुर बुढाथोकीले जनाएका छन् ।
उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सम्मान पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टिम प्रशिक्षक कुमार श्रेष्ठ पनि सम्मानित भए ।
अनिता र जंगलाइ स्वर्ण
एपिएपका अनिता कार्की महिला तर्फ र जंग गिरीले पुरुष तर्फ राखेप च्याम्पियनसिप अन्तरगत तेश्रो राष्ट्रिय फेन्सिङ्ग च्याम्पियनसिपमा स्वर्ण पदक हात पार्न सफल भएका छन् । उनीहरुले ईपी विधा अन्तरगत आफ्ना प्रतिद्वन्दिलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फ सेनाकी ईन्दिरा पौडेलले रजत र सेनाकी सिता पाठक र एपिएफकी जानुका स्याङ्गतानले कास्य पाए ।
तीन दिने प्रतियोगिताको पुरुष तर्फ सेनाका दिपेन्द्र विष्टले रजत प्राप्त गर्दा एपिएफका राजेन्द्र श्रेष्ठ र सेनाका सागर के.सी.ले कास्य पाए ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एक कार्यक्रम विच उद्घाटन गरेका थिए । प्रतियोगितामा नेपाली सेना, एपिएफ मध्यमाञ्चल र पश्चिमाञ्चलका गरि ९६ खेलाडीहरुको उपस्थिती रहेको छ ।
नेको होम टिम च्याम्पियन
नेको होमले तेक्वान्दो केयर्स च्याम्पियनसिपको उपाधि शनिबार जितेको छ । नेकाले १० स्वर्ण जित्यो ।
नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण जितेको ईसीडिसी दोश्रो भयो । तेश्रो स्थानको नेपाल आराधनाले ५ स्वर्ण हात पा-यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच पुरस्कृत गरे । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा भएको प्रतियोगितामा असाहय तथा अनाथ बालवालिकालाई संरक्षण गर्दै आइरहेको विभिन्न ९ स्पर्धाका १ सय ७८ खेलाडी सहभागी थिए ।















प्रतिक्रिया