२ कार्तिक २०८३, सोमबार

यी हुन् रक्सी पिएर कार्यालयभित्रै पिसाव फेर्ने हाकिम, अति गरेपछि पक्राउ

14.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २१ पुस । रक्सी सेवन गरेर कार्यालय आउने उदयपुर जिल्लाका एक कार्यालय प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिना बिहीबार दिँउसो पक्राउ परेका हुन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसहितको टोलीले यातायात सेवा कार्यालयमा छड्के अनुगमन गरेको थियो ।

अनुमगनको पूर्व सूचना पाएर फरार भएका यातायातका प्रमुख तिम्सिना गाईघाट गैरुनको उनकै घरबाट पक्राउ परेका प्रमुख जिल्ला अधिकारी कँणेलले बताए ।

कँणेलका अनुसार यातायात कार्यालयबाट निमित्त प्रमुख रहेका शिवकुमार तिम्सिनाले मादक पदार्थ सेवन गरी कार्यालय बस्ने गरेको दैनिक गुनासो आउन थालेपछि छड्के अनुगमन गरेर पक्राउ गरिएको बताए ।

अनुगमनको बेला प्रमुख जिल्ला अधिकारी कँणेलसँग कार्यालयकी खरिदार लक्ष्मी न्यौपानेले कार्यालय प्रमुख तिम्सिना कार्यालय समयमै रक्सी खाएर आउने गरेको गुनासो गरेकी थिइन् ।

न्यौपानेले कार्यालय प्रमुख तिम्सिनाले जताततै पिसाब फेर्ने, महिलाहरूलाई अभद्र व्याहार गर्ने, अश्लील शब्द बोल्ने गरेको गुनासो प्रमुख जिल्ला अधिकारी कँडेल समक्ष गरेकी थिइन् ।

प्रमुख जिल्ला अधिकारी कँडेललाई कार्यालयकी सहयोगी पूर्णिमा मगरले आफ्नो तलबसमेत तिम्सिनाले खाइदिने गरेको गुनासो गरेकी छिन् । मगरले आफूले पाउने मासिक आठ हजार रुपैयाँमा तीन हजार रुपैयाँ कार्यालयका निमित्त प्रमुख शिवकुमार तिम्सिनाले लैजाने गरेको बताइन् ।

८ जनाको दरबन्दी भए पनि ३ जनाको भरमा कार्यालय २०७२ साउनदेखि संचालनमा आएको यस कार्यालयमा आठ जनाको दरबन्दी छ ।

स्थापना भएदेखि नै तिम्सिनाले कार्यालय प्रमुखको जिम्मेवारी सञ्चालन गर्दै आएका थिए । कार्यालयमा प्रमुख एक, नायव सुब्बा दुई, मेकानिकल सुपरभाइजर एक, सहायक लेखापाल एक, खरिदार एक र कार्यालय सहयोगी दुई गरी जम्मा आठ जना सरकारी कर्मचारीको दरबन्दी छ ।

नायव सुब्बा शिव तिम्सिनाको भरमा कार्यालय चलेको थियो । कार्यालयबाट सवारी साधन नवीकरण, सवारी चालक अनुमतिपत्र नवीकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्नेलगायतका कार्य सम्पादन हुने गर्छन् ।