२ कार्तिक २०८३, सोमबार

गगन थापालाई अनुशासनको कारबाही !

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापाका नेतृत्वविरुद्धका पछिल्ला अभिव्यक्तिबारे आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने थापाको भनाईप्रति आपत्ति जनाएको वालुवाटार स्रोतले बताएको छ । देउवाले गगन थापाका अभिव्यक्तिले कांग्रेसलाई नोक्सानी हुन थालेको भन्दै अनुशासनको कारबाहीसम्म गर्न सक्ने संकेत गरेको स्रोतको भनाइ छ ।

‘पार्टीको नीति र विधि विपरित गएर मलाई हटाउने आधार के छ ?’ भनेर देउवाले यसअघि नै थापालाई सचेत गराएका थिए । थापाले भने आफूले नेतृत्व परिवर्तन गर्ने कुरा नगरेको तर केन्द्रीय समिति र महासमिति बैठक बसेर चुनावमा पराजित हुनुको कारण खोज्नुपर्ने धारणा राखेको बताएका थिए ।

थापाले आफू अहिलेको नेतृत्व परिवर्तनको पक्षमा नभै कांग्रेसलाई बलियो बनाएर लैजाने पक्षमा रहेको देउवा समक्ष स्पष्ट पारेको स्रोतले उल्लेख गरेको छ ।