२ कार्तिक २०८३, सोमबार

‘प्रचण्ड’को अभिव्यक्ति कांग्रेसद्वारा खण्डन, एमालेसँग बार्गेनिङ गरेको आरोप

5.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बाम गठबन्धन तोडेर नयाँ प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले प्रस्ताव नगरेको दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै नेता खाँणले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले कांग्रेसविरुद्ध झुठ बोलेको आरोप लगाए ।

‘बाम गठबन्धन भत्काएर ‘प्रचण्ड’लाई कांग्रेसले प्रधानमन्त्री बन्नुहोस् भनेर प्रस्ताव गरेको छैन’, उनले भनेका छन्, ‘बाम गठबन्धन तोड्न चाहेका छैनौँ । कांग्रेसका कुन नेताले के बोल्छन् त्यो उनीहरूको निजी विचार हो ।’

नेपाली कांग्रेसलाई विपक्षीको कुर्सीमा बस्ने गरेर मतदाताहरूले म्याण्डेट दिएको बताएका नेता खाँणले ‘प्रचण्ड’ले एमालेसँगको बार्गेनिङ क्षमता बढाउनका लागि प्रधानमन्त्रीमा प्रस्ताव आएको झुठो अभिव्यक्ति दिने गरेको बताएका हुन् ।

‘बाम गठबन्धन भत्काउने हाम्रो नीति होइन । ‘प्रचण्ड’लाई शेरबहादुर देउवाले प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको छैन’, नेता खाँणले भने, ‘एमालेसँग सत्ता बाँडफाँड र पावर सेयरिङमा बार्गेनिङ गर्न ‘प्रचण्ड’ले कांग्रेसबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भन्नुभएको हो । कांग्रेसको धारणा त्यो होइन ।’

कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई प्रस्ताव गरेको भनेर समाचार आइरहेका बेला कांग्रेसका नेता खाँणले ती समाचारहरूको खण्डन गरेका छन् ।

कांग्रेसका युवा नेताहरूले नेतृत्वको आलोचना गरेका विषयमा आफूहरू जानकार रहेको उनले बताए । ‘सबैको माग बमोजिम केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बस्छ’, नेता खाँणले भने, ‘कांग्रेसको महासमितिको बैठक पनि बोलाउने तयारी सभापति देउवाले गर्नुभएको छ ।’