३० आश्विन २०८३, शुक्रबार

जाम्बीयाको राजधानीमा दुई हजार जनामा हैजाको प्रकोप

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुसाका, १८ पुस । जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरुको संख्या दुई हजार पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताउनुभयो ।

उहाँले हैजाबाट प्रभावित हुनेहरुको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिनुभयो । अधिकारीहरुले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरु गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्रालयले त्यतिबेला देखि नै धेरै मानिस एकै ठाँउमा भेला हुने कार्यक्रमहरु गर्न प्रतिबन्ध गरेको जनाएको छ । ठूला बैबाहिक समारोह, सांस्कृतिक कार्यक्रमहरु, सडक व्यापार लगायतलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल रचनात्मक कामहरु थाल्न प्रतिरक्षात्मक निकायहरुलाई शुक्रबार निर्देशन दिनुभएको छ । – सिन्ह्वा