
काठमाडौं, १७ पुस। नेपाली काँग्रेसहित छ राजनीतिक दलले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकतर्फको सूचीमा गल्ती भेटिएको छ ।
समानुपातिक सूचीमा सांसद बन्नेहरुको नाम निर्वाचन आयोगलाई बुझाउँदा दलहरुले नियम उल्लङ्घन गरेको पाइएको हो ।
निर्वाचन आयोगको सोमबार बसेको बैठकले कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशसभाको समानुपातिकको सूची त्रुटीपूर्ण ठहर गरेको खुलासा गरेको छ । आयोगले अब ३ दिनको समय दिएर प्रस्तावित नामावली सच्याउन पत्राचार गर्ने भएको छ।
काँग्रेसहित छ दलले पठाएको नामावलीमा क्रमसंख्या मिचेको, समावेशी समूह नमिलेको, महिलाको ठाउँमा पुरुष पठाएको जस्ता त्रुटि भेटिएको निर्वाचन आयोग स्रोतले जनाएको छ । निर्वाचन आयोगको यो कदमले यसअघि बधाई थापिसकेका कतिपयको पद फुस्कने पक्का भएको छ ।















प्रतिक्रिया