
काठमाडौं, १७ पुस । अँग्रेजी नयाँ बर्षको दिन शेरबहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
सरकारले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ १५ दिन नपुग्दै फेरि बढाएको हो । पेट्रोल, डिजल र मट्टितेलमा लिटरको एक रुपैयाँ मूल्य बढाइएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ, हवाइ इन्धनमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।
नयाँ मूल्य सूची :
- पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ
- डिजेल र मट्टितेल एक लिटरको ७९ रुपैयाँ
- खाना पकाउने ग्यास एउटा सिलिण्डरको १ हजार ३ सय ७५ रुपैयाँ
- हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ
परिवर्तित मूल्य सोमबार मध्यराति १२ बजेदेखि लागु हुने आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।















प्रतिक्रिया