काठमाडौं, १७ पुस । एमाले र माओवादी केन्द्रका भ्रातृ संगठनहरूले प्रतिनिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक तत्काल नगरे निर्वाचन आयोगविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई सोमबार ज्ञापन पत्र बुझाउँदै एमालेको भ्रातृ संस्था युवा संघ र माओवादीको वाइसीएल तथा दुवैका विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् ।
उनीहरूले ज्ञापनपत्रमा महिलाको प्रतिनिधित्वको विषयलाई लिएर आयोगले झमेला झिक्ने विषय गलत मनसाय राखेको आरोप लगाए । उनीहरूले तत्काल समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न माग गरेका छन् ।
आयोगका पदाधिकारीलाई भेटेर दुई दलका युवा संघठनले संविधानलाई पूर्ण कार्यान्वयनमा सघाएर वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरे ।
उनीहरूले राष्ट्रियसभामा आउने महिलाको प्रतिनिधित्व ३८ प्रतिशत हुन आउने भन्दै प्रतिनिधिसभाको समानुपातिकको नतिजा त्यसलाई गणना गरेर मिलाउने तवरले गर्न सकिने संकेत गरेका छन् ।















प्रतिक्रिया